ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ माघ ५, सोमबार

हेटौंडामा ट्रकको ठक्करले एक जना युवकको मृत्यु भएको छ ।
सोमबार विहान ना.६ ख ४५९५ नम्बरको ट्रकले ठक्कर दिँदा पर्सा छिप्परमाई गाउँपालिका–५ भिष्वा बस्ने २० वर्षीय महद कैईस मियाको मृत्यु भएको हो ।
ना.५ ख२०३४ नम्बरको बस साईडमा रोकी पछाडीको डिक्कीबाट यात्रुको सामान झार्ने क्रममा उक्त ट्रकले ठक्कर दिँदा मिया गम्भीर घाइते भएका थिए ।
घाइते भएका मियाको उपचारको लागि चुरे हिल अस्पताल पुयाइएको थियो । उपचारको क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको हो ।
दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रक चालक भने फरार रहेका छन् । फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Categorized in समाज