मानव अधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ ७, बुधबार

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाएर लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
आयोगको अध्यक्ष भनी परिचय पत्र समेत देखाई ठगी गर्ने संखुवासभा पाँचखपनका तुलसी थापा पक्राउ परेका हुन् ।
हाल चाबहिल बस्दै आएका ६० वर्षीइ थापालाई दरबारमार्गबाट पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा थापाले आफु अमेरिका हुने कार्यक्रममा जान लागेको र आफुसँगै ५ वर्षको मल्टिपल भिसामा अमेरिका लगिदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको देखिएको प्रहरीले जानकारी गराएको छ ।
थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाईएको छ ।
Categorized in अपराध