उपत्यकामा ८२ संक्रमित थप, १५२ निको
SamacharDesk – बिकाश | २०७७ माघ १६, शुक्रबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का सयभन्दा कम मात्र नयाँ संक्रमित भेटिएका छन् ।
आज थप भएका नयाँ संक्रमितहरुमध्ये जम्मा ८२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ३४ जना महिला र ४८ जना पुरुष रहेका छन् । उपत्यकामा हालसम्म एक लाख २६ हजार ५ सय ५२ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
कुल संक्रमितमध्ये एक लाख २३ हजार ९ सय २२ जना निको भइसकेका छन् । गएको २४ घन्टामा उपत्यकामा एक सय ५२ जना संक्रमित निको भएका छन् । काठमाडौंमा एक सय ३३, ललितपुरमा १४ र भक्तपुरमा ५ जना संक्रमित निको भएका हुन् ।
पछिल्लो पटक काठमाडौंमा एक जना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणका कारण हालसम्म ७ सय ७१ जनाको मृत्यु भइसकेको छ ।
उपत्यकामा एक हजार ८ सय ५९ जना संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ६ सय ८८ सक्रिय संक्रमित छन् भने ललितपुरमा एक सय ३८ र भक्तपुरमा ३३ छन् ।
Categorized in समाज