arin enterprises

फेब्रुअरीभर विभिन्न कार्यक्रमहरु गरी आयोडिन मन्थ मनाइने

SamacharDesk – बिकाश | २०७७ माघ १९, सोमबार

फेब्रुअरी महिना आयोडिन मन्थको रुपमा मनाउन नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रेश विज्ञप्ती जारी गर्दै वर्तमान कोभिड संक्रमण जोखिमको अवस्थालाई समेत ध्यानमा राख्दै भौतिक दुरी कायम गरी महिनाभरी विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

आयोडिनको कमीले हुने हुने विकृती सम्वन्धमा जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष विश्वभरी विभिन्न देशमा फेब्रुअरीलाई आयोडिन मन्थको रुपमा मनाउने गरिएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालले पनि सन् १९९८ देखि हरेक वर्षको फेब्रुअरी महिनामा आयोडिन मन्थको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष आयोडिन मन्थको अवसरमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मीको साथै जनसमुदायको संलग्नतामा विभिन्न कार्यक्रम गर्ने कर्पोरेशनले जनाएको छ ।

हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, विभिन्न प्रदर्शनीहरु जस्ता गतिविधिहरु महिनाभर संचालन गर्ने कर्पोरेशनले जानकारी दिएको छ ।

आजबाट शुरु भएको आयोडिन मन्थ अन्तर्गत सपिङ तथा स्कूल झोला, टी–सर्ट, पम्पलेट, फेस मास्क वितरण लगायतका कार्यक्रमहरु पनि कर्पोरेशनले राखेको छ ।

Categorized in समाज