उपत्यकामा सक्रिय संक्रमितको संख्या १४ सयभन्दा तल
SamacharDesk – बिकाश | २०७७ माघ २१, बुधबार

नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये ५५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये २५ जना महिला र ३० जना पुरुष रहेका छन् ।
काठमाडौं उपत्यकामा हालसम्म एक लाख २६ हजार ८ सय ८९ जना कोरोना भाईरसबाट संक्रमित भइसकेका छन् ।
उपत्यकाका कुल संक्रमितमध्ये ९८ दशमलव २३ प्रतिशत निको पनि भइसके । हालसम्म एक लाख २४ हजार ६ सय ४५ जना संक्रमित निको भएका छन् ।
उपत्यकामा गएको २४ घन्टामा निको हुनेको संख्या ९९ रहेको छ । काठमाडौंमा ८०, ललितपुरमा १६ र भक्तपुरमा ३ जना संक्रमित निको भएका छन् ।
आज उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५ सयभन्दा तल झरेको छ । उपत्यकामा हाल एक हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।
Categorized in समाज