उपत्यकामा ९८.३ प्रतिशत संक्रमित निको
SamacharDesk – बिकाश | २०७७ माघ २२, बिहिबार

नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४५ दशमलव ६१ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौं उपत्यकामा २७ महिला र ५१ पुरुष गरी ७८ जना नयाँ संक्रमित भेटिएका हुन् । तीमध्ये ६१ जना काठमाडौंबाट छन् भने ललितपुरमा १३ र भक्तपुरमा ४ जना छन् ।
उपत्यकाका कुल संक्रमितको संख्या १ लाख २६ हजार ९ सय ६७ पुगेको छ ।
उपत्यकाका कुल संक्रमितमध्ये ९८ दशमलव ३ प्रतिशत निको भइसकेका छन् । हालसम्म उपत्यकाका संक्रमितमध्ये एक लाख २४ हजार ७ सय ६८ जना निको भइसकेका छन् ।
गएको २४ घन्टामा काठमाडौंमा ९९, ललितपुरमा २२ र भक्तपुरमा २ जना जम्मा एक सय २३ जना संक्रमित निको भएका छन् ।
हाल उपत्यकामा एक हजार ४ सय २५ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ३ सय ५८, ललितपुरमा ५१ र भक्तपुरमा १६ जना सक्रिय संक्रमित रहेका छन् ।
Categorized in समाज