arin enterprises

ट्याक्सीको ठक्करबाट एक महिलाको मृत्यु

SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ २३, शुक्रबार

गोरखामा ट्याक्सीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आज विहान ढुकुरेखोलास्थित सडकमा ग.१ ज ७४४७ नम्बरको ट्याक्सीको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा ढुङ्गाडे बस्ने ५८ वर्षीया निरमाया थापाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Categorized in समाज