arin enterprises

गाडी सडकबाट खस्दा एक जनाकाे मृत्यु

SamacharDesk – बिकाश | २०७७ माघ २३, शुक्रबार

प्युठानमा आज विहान एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सरूमारानी गाउँपालिकाको मोतिपुरस्थित सडकमा आज विहान गाडी सडकबाट तल खस्दा एक पुरुषको मृत्यु भएको हो । रा. १ ज ८०९ नम्बरको गाडी अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा गाडीमा सवार अर्घाखाँची सितगंगा नगरपालिका–८ सातमारा बस्ने ४२ वर्षीय टंक बहादुर बुढाको मृत्यु भएको हो । बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका अन्य १० जनालाई जिल्ला अस्पताल बिजुवारतर्फ पठाईएको छ ।

Categorized in समाज