arin enterprises

खपिन्छेँ टोल सुधार समितिमा राजमानको नेतृत्व

SamacharDesk – बिकाश | २०७७ फाल्गुण ३, सोमबार

ललितपुरको ऐतिहासिक वस्ती खपिन्छेँ टोल सुधारको जिम्मेवारी राजमान अवालेको काँधमा आएको छ ।

खपिन्छेँ टोल सुधार समितिको अधिवेशनले अवालेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा तुल्सी महर्जन हुनुहुन्छ भने सचिवमा नेपालभाषा कलाकारिता क्षेत्रका चर्चित गायक, कलाकार सुरज ब्यञ्जनकार रहनुभएको छ ।

कोषाध्यक्षमा राजकुमार महर्जन, सहकोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन हुनुहुन्छ । हरि महर्जन रत्नपाल अवाले सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा साविक अध्यक्ष सुरेन्द्र अवालेले आफ्नो कार्यकालको अनुभव सुनाउँदै नयाँ कार्यसमितिको सफलताको शुभकामना दिनुभयो ।

समितिका नवनिर्वाचित अध्यक्ष राजमान अवालेले सामाजिक भावना र एकता नै आजको आवश्यकता भएकोमा जोड दिँदै टोलको सुधारको लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित भएको भन्दै टोल सुधार समितिको निर्वाचन कमिटीका संयोजक आपुलाल अवालेलाई सम्मान गरिएको थियो ।

Categorized in समाज