arin enterprises

साउथह्याम्पटनमाथि लिड्सको शानदार जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण १२, बुधबार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा लिड्स युनाईटेडले साउथह्याम्पटनमाथि शानदार जित हात पारेको छ । आफ्नै मैदान एलेन्ड रोडमा भएको खेलमा लिड्सले पाहुना टोली साउथह्याम्पटनलाई ३–० गोलले हराएको हो ।

खेलमा लिड्सलाई शानदार जित दिलाउन प्याट्रिक ब्यामफोर्ड, स्टुआर्ट डल्लास र राफिन्हाले एक/एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा खेलमा दोश्रो हाफ शुरु भएको दोश्रो मिनेटमै लिड्सले अग्रता लियो । ४७ औं मिनेटमा प्याट्रिक ब्यामफोर्डले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ७८ औं मिनेटमा स्टुआर्ट डल्लासले अग्रता दोब्बर बनाए ।

त्यस्तै ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई ३–० को नतिजासहितको जित दिलाए ।

यस खेलपछि १० औं अंक तालिकाको १० औं स्थानमा रहेको लिड्सको २५ खेलबाट ३५ अंक भएको छ भने समान २५ खेलबाट ३० अंक जोड्दै साउथह्याम्पटन १४ औं स्थानमा छ । 

Categorized in स्पाेर्ट्स