पारावर्त महाविहार कुलदेवता घरको जिर्णोद्धारपछि उद्घाटन
SamacharDesk – बिराज | २०७७ फाल्गुण १५, शनिबार

काठमाडौँको मुटु ईन्द्रचोक नजिकै रहेको इतुम्बहालको श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहारको द्यःछेँ (कुलदेवता घर) पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ ।
आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले युनेस्कोको सम्पदा सूचीमा सूचिकृत पारावर्त महाविहारस्थित कुलदेवता घरको पुननिर्माणपछि उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मेयर शाक्यले आफ्नो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले मूर्त साथै अमूर्त सम्पदाको संरक्षणमा पनि निरन्तर काम भइरहेको दावी गरे ।
‘हामीले पुननिर्माण गरेर द्यःछेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहार संरक्षण समाजलाई सुम्पिसकेका छौं, अब हाम्रो काम सकियो’, मेयर शाक्यले भने । ‘अब यसमा महानगरपालिकाले कुनै हस्तक्षेप गर्ने छैन ।’
काठमाडौं महानगरपालिकाको सहयोगमा पारावर्त महाविहारको कुलदेवता घरको पुनर्निर्माण काठमाडौँ महानगपालिकाको सहयोगमा भएको हो । सो कुलदेवता घरको पुननिर्माणका लागि करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो ।
केशचन्द्रकृत पारावर्त महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहालको गौरव र प्रतिष्ठाको रुपमा द्यःछेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए ।
यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको द्यःछेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको भनाई राखे ।
Categorized in स्थानीय