arin enterprises

कलाकारहरूबीच फुटसल प्रतियोगिता हुने

SamacharDesk – बिराज | २०७७ फाल्गुण १५, शनिबार

विशेष गरी नेपालभाषा क्षेत्रमा सक्रिय कलाकारहरूबीच फुटसल प्रतियोगीता हुने भएको छ । आउँदो फागुन २९ गतेका दिन कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने लागेको हो ।

‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाइएको छ ।

कलाकारहरूबीचको भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन आयोजक एम्स इन्टरटेनमेन्टले आह्वान गरेको छ ।

कोभिड– १९ को कारणले महिनौसम्म निष्कृय रहेको कलाकर्मलाई पुनः सुचारू गर्न मैत्रीपूर्ण फुटसलले थप प्रोत्साहित गर्ने एम्सका सचिव राजेन्द्र (राजे किपू) महर्जनले दाबी गरे ।

संस्थाले यसअघि  समस्यामा परेका कलाकारहरूलाई आर्थिक र भौतिक सहयोग गरेको बताइएको छ । फुटसल प्रतियोगिताको समापन कार्यक्रम चैत १४ गते कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।

Categorized in स्पाेर्ट्स