नविन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै
SamacharDesk – बिराज | २०७७ चैत्र ४, बुधबार

नेपाली काँग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले श्रोतले जनाएको छ ।
नर्भिक अस्पतालले विज्ञप्ती जारी गर्दै उहाँको स्वास्थ्य स्थिती गम्भीर रहेपनि बाहिर आएका कुराहरु हल्ला सत्य नभएको जनाएको छ ।
परिवार श्रोतले जोशीको मष्तिष्कमा समस्या देखिनुका साथै रक्तचाप पनि कम रहेको तर फोक्सो र मुटुको चाल स्थिर रहेको जनाएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जोशीको फेसबुक पेजमार्फत पनि हिजो राति आएका समाचार र सामाजिक सञ्जालका पोष्टहरुको खण्डन गरिएको छ ।
हिजो राति आएका समाचारहरु भ्रमपुर्ण रहेको र हाल थापाथलिस्थित नर्भिक अस्पताललाई उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको उक्त पेजमा जनाइएको छ ।
साथै सोही पोस्टमार्फत मृत्यु जस्तो सम्वेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन पनि सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।
Categorized in समाज