arin enterprises

पत्रकार दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न

SamacharDesk – बिराज | २०७७ चैत्र ११, बुधबार

नेवाः पत्रकार राष्ट्रिय दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न भएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गर्दै दबूको साधरणसभा सम्पन्न भएको हो ।

साधरणसभाको उद्घाटन शत्रमा बोल्दै पत्रकार राष्ट्रिय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दबूले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको बताए । पत्रकारको सर्वाङ्गिण विकासको साथै हक अधिकारको प्राप्तिको लागि पत्रकार दबू सधैं क्रियाशिल रहने उपाध्यक्ष श्रेष्ठको भनाई थियो ।

यस्तै केन्द्रका महासचिव सुनिल महर्जनले राज्यले भाषा संस्कृतिमा प्रहार गरेको बताउँदै पत्रकारितामार्फत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नेवारहरुको भाषा सस्कृति, र रहनसहन बारे सबैलाई जानकारी दिन पत्रकारितामार्फत उजागर गर्दै अघि बढ्नुपर्ने बताए ।

यस्तै क्रियाशील महिला पत्रकार मन्च चितवनका अध्यक्ष प्रमिता ढकालले महिला नेतृत्वलाई कोटाको रुपमा मात्रै नभएर क्षमता र दक्षताको आधारमा मूल्याङ्कन गर्नूपर्ने बताइन् ।

कार्यक्रममा पत्रकार दबूका केन्द्रिय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दिय सदस्य राजु चौधरी ,थारु पत्रकार महासंघका महासचिव सन्त कुमार चौधरी, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्य प्रसाद अधिकारी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महत्तो , प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, नेपाल आदिवासी महासंघ चितवनका सचिव  महेन्द्र दुरा , नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान् शाक्य लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

पत्रकार दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठले चितवनका नेवाः पत्रकारहरु संगठित भएर एक अर्काबीच अन्तरक्रियात्मक सम्वन्ध कायम गर्दै पत्रकारिता क्षेत्रको वृहत्तर हितमा लाग्नुपर्ने बताए ।

Categorized in समाज