arin enterprises

दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

SamacharDesk – क्राइम ब्यूरो | २०७७ चैत्र ११, बुधबार

दाङमा आज बिहान भएको दुईवटा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एकजना घाइते भएको छ ।

दाङ घोराही उपमहानगरपालिका–१७ मा ट्रकको ठक्करबाट बाटोमा साईकलमा आउँदै गरेका एक जनाको मृत्यु भएको छ ।

सडकमा ना.५ ख २०६२ नम्बरको ठक्करबाट साईकलयात्री घोराही–३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय बिष्णु चौधरीको मृत्यु भएको हो ।

ट्रक चालक राप्ती गाउँपालिका–६ बस्ने ५० वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी घोराहीकै जबरपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छ ।

सडकमा रोकी राखेको ना.४ ख ८३३७ नम्बरको ट्रकमा रा.४ प ४९१४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा बुधबार बिहान दुर्घटना मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घोराही–५ बस्ने २१ वर्षीय रबिन डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रबिनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय सिरिन्ज भण्डारीको सोही प्रतिष्ठानमा उपचार भईरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज