आफ्नै ट्याक्टर ब्याक भई ट्याक्टर साहुको मृत्यु
SamacharDesk – बिकाश | २०७७ चैत्र १२, बिहिबार

कैलालीको धनगढीमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।
धनगढी–१२ खुटिया नदी किनारमा भएको आज दिउँसो भएको दुर्घटनामा धनगढी–१० बस्ने २२ वर्षीय छोट्टु रानाको मृत्यु भएको हो ।
से.१ त २४९२ नम्बरको ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा ट्याक्टर ब्याक भई ठक्कर दिँदा ट्याक्टरका साहु रानाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी कैलालीतर्फ लग्दै गर्दा बाटैमा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज