arin enterprises

निःशुल्क आँखा जाँच शिविरमा आँखाको साथै चर्म दान

SamacharDesk – बिराज | २०७७ चैत्र २३, सोमबार

ललितपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

शिविरमा अनुभवी चिकित्सहरुबाट जम्मा २ सय ८७ जनाको आँखा जाँच गरिएको थियो ।

जाँच गरिएको विरामीमध्ये मोतियाविन्दुको समस्या देखिएका १० जनाको शल्यक्रिया त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा गरिने जनाइएको छ ।

युवक बौद्ध मण्डल नेपालको आयोजना र समाजसेवी मोतिशान्ति शाक्यको संयोजनमा सम्पन्न शिविरलाई आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

आयोजक संस्थाका अध्यक्ष अरणीतारा बज्राचार्यले संस्थाबाट स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रीय धार्मिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र सेवामुलक कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो ।

शिविरमा सहभागी व्यक्तिहरुले मरणोपरान्त आँखा र चर्म (छाला) दान समेत गरेका थिए ।

Categorized in समाज