arin enterprises

रोयल च्यालेन्जर्स बेंग्लोरको लगातार दोस्रो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २, बिहिबार

इन्डीयन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बेंग्लोरले लगातार दोस्रो जित हात पारेको हो ।

टस हारेर ब्याटिंग गरेको बेंग्लोरले ८ विकेटको क्षतीमा १ सय ४९ रन बनाइ हैदारावादलाई १ सय ५० रनको मध्यम लक्ष्य दियो ।

बेंग्लोरका लागि ग्लेन म्याक्सेवलले सर्वाधिक ५९ रन बनाए । उनले ४१ बल खेल्दै ३ छक्का र ५ चौका प्रहार गरेको थियो ।

कप्तान विराट कोहलीले ३३, साहबाज अहमदले १४, देवदत्त पाडिक्कलले ११ र केल जेमिसनले १२ रन जोडे ।

लक्ष्य पछ्याएको हैदारावादले ९ विकेटको क्षतिमा १४३ रन मात्र जोड्न सफल भयो ।

उसका लागि कप्तान डेभिड वार्नरले ३७ बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५४ रन जोडे ।

यस्तै मनिष पाण्डेले ३८ रनमा र जोनी वायर्स्टो १२ रनमा आउट भए । ओपनर ऋद्धिमान साह भने १ रनमै आउट भएका थिए।

बलिङमा बेंग्लोरका साहबाज अहमदले ३ विकेट लिए भने मोहमद सिराज र हर्षल पटेलले २–२ विकेट हात पारे ।

हैदारावादका जासन होल्डरले ३ विकेट लिए । त्यस्तै राशिद खानले उत्कृत बलिङ गरे । उनले ४ ओभरमा १८ मात्र रन दिएर महत्वपूर्ण दुई विकेट लिए ।

भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले भने समान १–१ विकेट मात्र लिए ।

आइपिलको यस जारी सिरिजनमा पहिलो खेलमा बेंग्लोरले मुम्बइलाई हराउँदै आफ्नो विजयी सुरुवात गरेको थियो भने हैदराबादले पहिलो खेलमा कोलकतासँग हारको सामना गरेको थियो ।

 

Categorized in स्पाेर्ट्स