arin enterprises

रियल म्याड्रिड र म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २, बिहिबार

 स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् ।

बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा रियल र इंग्लिस क्लब लिभरपुलले गोलरहित बराबरी खेले ।

पहिलो लेगमा ३–१ गोलमा विजयी भएको रियल समग्रमा पनि ३–१ ले अग्रता लिँदै सेमिफाइनलमा पुगेको हो ।

यस्तै म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई समग्रमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा आफ्नो  स्थान बनायो ।

पहिलो लेगमा २–१ गोलले विजयी भएको सिटीले दोस्रो लेगमा पनि २–१ गोलले नै विजय भयो ।

खेलको १५ मिनेटमा बेलिङघमले गोल गरेर डर्टमुन्डलाई अग्रता दिलाएका थिए ।

तर सिटीका महारेजले ५५ मिनेटमा पेनाल्टीमा र फोडेनले ७५ मिनेटमा गोल गरेपछि सिटिले खेल आफ्नो पोल्टामा पारे । यससँगै च्याम्पियन्स लिगको अन्तिम चारको समिकरण पूरा भएको छ ।

सेमिफाइनलमा अब पिएसजी विरुद्ध म्यानचेस्टर सिटी र रियल म्याड्रिड विरुद्ध चेल्सीको खेल हुनेछ ।

सेमिफाइनलको पहिलो लेग अप्रिल २७ र दोस्रो लेग ४ मेमा हुनेछ । 

 

Categorized in स्पाेर्ट्स