arin enterprises

रियल म्याड्रिड शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ९, बिहिबार

स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । 

बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको जितमा करिम बेन्जिमाले खेलको ३० मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । ३३ मिनेटमा ओर्डिओजोलाले रियलको अग्रता दोब्बर पारे ।

४० मिनेटमा बेन्जिमाले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे ।

अंक तालिकामा रियल म्याड्रिड ३२ खेलबाट ७० अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा झरेको एट्लेटिको म्याड्रिडको ३१ खेलबाट ७० अंक नै छ ।

सेभिया ३२ खेलबाट ६७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानमा झरेको बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ।

Categorized in स्पाेर्ट्स