arin enterprises

‘नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने’

SamacharDesk – बिराज | २०७८ बैशाख १३, सोमबार

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले देशमा थुप्र्रै पटक राजनीतिक परिवर्तन भएर पनि समानताको लागि राज्यसँगको द्वन्द नसकिएको बताउनु भएकाे छ ।

मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहमा उपमेयर श्रेष्ठले तालिमको एक हप्ताको अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहित भएको बताउनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवालले तालिम सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने सबैलाई धन्यवाद दिँदै महिलाहरु आफै अग्रसर भएर आफ्नो पहिचान स्थापित गर्नुपर्ने विचार राख्नुभयो ।

काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धिमा महानगरपालिकाले विभिन्न योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताउनुभयो ।

तालीमका प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता एवं रातदिन नभनी गरेको मेहेनतले आफूमा उत्साह थपेको बताउनु भएको छ ।

तालिम संयोजक आनन्दरत्न बज्राचार्यले नेतृत्व लिन अग्रसर नहुने महिलाहरुमा उत्साह जागोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौंको न्ह्यौखास्थित जन चिकित्सालयमा भएको तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Categorized in समाज