कलंकीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७८ बैशाख १६, बिहिबार

काठमाडौंको कलंकीमा भएको सडक दुर्घटना कीर्तिपुरका एक जना पुरुषको मृत्यु भएको छ ।
बुधबार राती भएको दुर्घटनामा कीर्तिपुर नगरपालिका–१० बाघभैरव बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो ।
सडकमा गुडिरहेको बा.६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक महर्जनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका महर्जनलाई उपचारको लागि नेपाल नेशनल अस्पताल पुर्याइएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
Categorized in समाज