arin enterprises

राजस्थान रोयल्सद्वारा सनराइजर्स हैदरावाद पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २०, सोमबार

आइपिएलमा सनराइजर्स हैदरावादले अर्को हार बेहोरेको छ ।

आइतबार भएको खेलमा राजस्थान रोयल्सले हैदरावादलाई ५५ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।

उसका लागि  मनीष पाण्डेले ३१ रन जोड्दा जोनी वायरस्टो ३० रनमा आउट भए । कप्तान केन विलियमसन २० रन र केदार यादव १९ रनमा आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा २२० रन बनायो ।

राजस्थानका लागि ओपनर जोस बटलरले शतक प्रहार गरे । उनले ६४ बलमा११ चौका र ८ छक्का सहित १२४ रन जोडे ।  यो बटलरको टी–२० खेलमा पहिलो शतक हो ।

त्यस्तै कप्तान सन्जु सामसनले ३३ बलमा ४८ रन जोड्दा रियान परागले ८ बलमा नटआउट १५ रन जोडे ।

बलिङमा राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३–३ विकेट लिए ।

हैदरावादका लागि सन्दीप शर्मा, रासिद खान र विजय शंकरले १–१ विकेट लिए ।

अंक तालिकामा हैदरावाद २ अंक जोडेर पुछारमा छ । ७ खेलबाट ६ अंक बतुल्दै राजस्थान पाँचौँ स्थानमा छ ।

 

Categorized in स्पाेर्ट्स