arin enterprises

दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २०, सोमबार

 आईपीएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

गयराति भएको खेलमा पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो ।

पञ्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो ।

उसका लागि शिखर धवनले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ चौका र २ छक्का सहित नटआउट ६८ रन बनाए ।

त्यस्तै पृथ्वी शाले ३९रन, स्टिभ स्मिथले २५रन, शिमरोन हेटमायरले नटआउट १६रन र कप्तान ऋषभ पन्तले १४ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाउको थियो ।

उसका लागि कप्तान मयंक अग्रवालले उत्कृष्ट पारी खेले । उनले ५८ बलमा ८ चौका र ४ छक्कासहित नटआउट ९९ रन बनाए ।

त्यस्तै डेविड मलानले २६, क्रिस गेलले १३ र प्रभसिमरण सिंहले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ३, अक्षर पटेल र आवेश खानले १–१ विकेट लिए । यस्तै पञ्जाबका लागि क्रिस जोर्डन, हरप्रीत ब्रार र रिले मेरिडीथले १–१ विकेट लिए ।

यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ खेलमा १२ अंक जोडेको छ ।

यस्तै एक खेल कम खेलेको चेन्नई १० अंकसहित दोस्रो स्थानमा झरेको छ भने समान खेलबाट समान अंक जोडेको रोयल च्यालेन्ज बैंलोर १० अंकसहित तेस्रो स्थानमा यथावत छ ।

पञ्जाब किङ्स ६ अंकसहित छैठौं स्थानमा झरेको छ।

Categorized in स्पाेर्ट्स