arin enterprises

कोलकता नाइटराइडर्सका दुई खेलाडीलाई कोरोना लागेपछि कोलकता र बैंग्लोरबीचको खेल स्थगित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २०, सोमबार

भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबारको कोलकता नाइटराइडर्स विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरको खेल स्थगित भएको छ ।

कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल स्थगित गरिएको हो । कोलकताका स्पिनर बरुण चक्रवती र तीव्र गतिका बलर सन्दीप वारियरलाई कोरोना संक्रमण भएको हो ।

यो सिजनको ३०औं खेल हो । आइपिएलमा यसअघिका २९ खेलअघि कोरोना कारण असर गरेको थिएन ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ । दैनीक ४ लाखको नजिक संक्रमण भइरहदा ३ हजार बढीको मृत्यु हुने गरको छ ।

Categorized in स्पाेर्ट्स