arin enterprises

पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २२, बुधबार

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

फ्रेन्च क्लब पिएसजीलाई सेमिफाइनलमा समग्रमा ४–१ गोलले हराउँदै सिटि फाइनलमा पुगेको हो  ।

पहिलो लेगमा २–१ ले विजयी भएको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा २–० गोलको जित निकाल्यो ।

घरेलु मैदानमा खेलेको सिटीको लागि दुवै गोल रियाद महारेजले गरे । उनले ११ मिनेटमा पहिलो गोल गर्दा ६३ मिनेटमा टिमको अग्रता दोब्बर पारे ।

खेलमा ६९ मिनेटमा एन्जल डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित बनेको थियो । डि मारियाले फर्नान्डिन्होलाई फल गरेपछि उनलाई रातो कार्ड दिइएको थियो ।

पिएसजी आफ्ना स्टार खेलाडी केलियन एमबाप्पे बिना मैदान उत्रनु परेको थियो । उनी घाइते भएका कारण बेन्चमा बस्न बाध्य भए ।

सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि सिटीको च्याम्पियन्स लिगको सेमिफाइनलसम्म मात्र पुगेको थियो ।

अब उपाधिका लागि सिटीले आगामी २९ मेमा इंग्लिस क्लब चेल्सी वा स्पेनिस क्लब रियल म्याड्रिड विचको विजेतासँग खेल्नेछ । 

Categorized in स्पाेर्ट्स