यमनले भने, ‘हामी निको हुँदैछौं
SamacharDesk – बिराज | २०७८ बैशाख २५, शनिबार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका सुपुत्र साथै कलाकार यमन श्रेष्ठले आफु र आफ्नो परिवार अहिले निको हुने क्रममा रहेको बताएका छन् ।
शुक्रबार राती अबेर सामाजिक संजालमा आफ्नो पेजमा लामै स्टाटस अपडेट गर्दै यमनले अक्सिजन लेभल कम भएर मेडिसिट अस्पतालमा भर्ना भएका आफ्ना पिता मदनकृष्णको स्वास्थ्यमा पनि धेरै सुधार आएको बताए ।
हाल कलाकार मदनकृष्ण, उनका सुपुत्र यमन र यमन पत्नी रिंकुको साथमा यमन पुत्री गृष्मा कोरोना संक्रमित भइ उपचाररत छन् । कलाकार मदनकृष्ण हाल मेडिसिटि अस्पतालमा उपचाररत छन् भने यमन, रिंकु र सराना होम आइसोलेसनमै छन् ।
ठट्यौली तरीकाले यमनले लेखेका छन्, ‘हामीलाई त सन्चै छ, तर अब हामी भित्र भएको त्यो कोरोनालाई चाहिँ सन्चो छैन होला, त्यसलाई चाहिँ ज्वोरो आइराख्या होला, त्यस्को चाहिँ टाउको छ भने त्यस्को टाउको दुखीराख्या होला, तिनीहरुलाई चाहिँ औषधी खानुपर्ने भैराख्या होला ।’
छोरी गृष्मालाई भने खासै केही लक्षण नदेखिएको तर आफुलाई भने निकै गलाएको यमनले बताएका छन् ।
हाल आफुहरुले बि एन्ड बि अस्पतालका डा. फिलिप रंजितसँग फोन र भिडियो च्याटमा कुरा गर्दै उपचार गर्दै गरेको पनि उनले जानकारी गराएका छन् ।
साथमा डा. रविन्द्र समीरले पनि आफुहरुलाल्ई परामर्श दिइरहेको र डा. वसन्त पन्त, डा. रोशन प्रजापतिले पनि आफुहरुको उपचारमा सहयोग पुर्याइरहेकाे पनि उनले लेखेका छन् ।
सबैको मायाले आफुहरु निकै भावुक भएको र सबैको मायाको ऋणी भएको भन्दै उनले सबैमा कृतज्ञता पोखेका छन् ।
स्टाटस अपडेट गरीसकेपछि राति १२ बजे समाचारडेस्कसँग कुरा गर्दै यमनले भने, ‘स्टाटस एउटा राख्छु भनेर लेख्न थालेको, एक घन्टा नै लागेछ, अझ यो कमेन्टहरुले झन भावुक बनाउन थाल्यो ।’
प्यारा साथीभाइ, आफन्तजन तथा परिवार, हामी सबै कोभिडबाट निको हुने क्रममा छौँ । बुवाको oxygen level कम भएकोले मेडिसिटी...
Posted by Yaman Shrestha Page on Friday, May 7, 2021
