वायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेस लिगा च्याम्पियन
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २६, आइतबार

वायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ ।
शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमुन्डसँग ३–२ गोलले पराजित भएको थियो । सोहिकारण वायर्नले दुई खेलअघि नै दोस्रो स्थानको आरबी लाइपजिगसँग १० अंकको दुरी बनाउँदै सिजनको उपाधि जितेको हो ।
यो सहित वायर्नले लगातार नवौं सिजनको उपाधि जितेको छ भने यो उसको ३१ औं उपाधि हो ।
शीर्ष स्थानको म्युनिखले ३२ खेलबाट ७४ अंक जोडेको छ भने दोस्रो स्थानको लाइपजिगको ३२ खेलबाट ६४ अंक मात्र छ।
Categorized in स्पाेर्ट्स
