कानून दिवस मनाईंदै
SamacharDesk – बिकाश | २०७८ बैशाख २६, आइतबार

आज बैसाख २६ गते, देशमा ६९ औं राष्ट्रीय कानून दिवस मनाईंदै छ ।
कोरोना महामारीको अवस्थामा आज दिवसको कार्यक्रम भने भर्च्युअल रुपमा मात्र आयोजना हुने भएको छ ।
विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएर नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भ भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रुपमा मनाउने गरिन्छ ।
आजको दिनमा तिनै तहका अदालतहरु जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा हुने गर्दछ ।
देशमा २००७ सालसम्म कार्यपालिका, न्यायपालिका अनि ब्यबस्थापिका तिनै अगंहरु राणा शाषकको नियन्त्रणमा थियो । पछि ०७ सालमा फाल्गुन ७ को क्रान्ती सफल भएपछि बैशाख २६ गते २००८ सालमा पहिलो पटक केन्द्रिय न्यायलय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको थियो ।
२००८ सालमा स्थापना भएको प्रधान न्यायालयले नेपालमा शक्ति पृथकिकरणको सिद्धान्तलाई स्थापित गराएको थियो ।
वि. सं. २००९ मा प्रथम र ऐतिहासिक न्यायालय ऐन २००८ जारी भएको थियो ।
कानून दिवसले करीब ७ दशक पार गर्न लागेको अवस्थामा पुग्दा पनि कानून क्षेत्रमा सुधार हुनुपर्ने पक्षहरु यथावतै छन् ।
ढिलो न्याय पाउनु न्याय नपाउनु सरह हो भन्दै गर्दा हजुरबुवाको पालाको मुद्दा नातीको पालासम्म किनारा नलाग्ने प्रवृत्ती आजसम्म पनि विद्यमान छ ।
न्यायाधिस नियुक्तीमासमेत दलीय भागवण्डाका कुराहरु आइरहँदा फैसलाको निष्पक्षतामा बेला बेलामा कानून व्यवसायीहरुबाट प्रश्न उठ्ने गरेको पनि देखिन्छ ।
कानूनको पालनाले नै देश र समाजलाई अनुशासनमा राखी सभ्य समाजको निर्माण गर्न सकिन्छ र देश विकासमासमेत टेवा पुग्नेछ ।
Categorized in समाज