arin enterprises

म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २९, बुधबार

 म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–१ ले पराजित भयो । सोहि कारण ३ खेल बाँकी छँदा दास्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १० अंकको दुरी बनाएपछि सिटी लिग च्याम्पियन बनेको हो ।

यो सिटीको पछिल्लो चार वर्षमा तेस्रो उपाधि हो । त्यस्तै सन् २०१६ मा सिटीको प्रशिक्षक बनेको पेप ग्वार्डिओलाले ८ वटा घरेलु उपाधि जितिसकेका छन् । 

उपाधि जितेको शीर्ष स्थानको सिटीको ८० अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७० अंक छ ।

 

 

 

 

Categorized in स्पाेर्ट्स