विश्वभरी विश्व नर्स दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ बैशाख २९, बुधबार

आज मे १२ तारिख हरेक वर्ष यो दिनको विशेष महत्व रहेको हुन्छ । अझ यस वर्ष कोरोना महामारीको अवस्थामा यो दिवसको महत्व झनै बढेको छ ।
आज विश्व नर्स दिवस, आम सर्वसाधारणको सुस्वास्थ्यको लागि, रोगीको स्वास्थ्यलाभको लागि अहोरात्र खटिने नर्सहरुको सम्मान हरेक दिन गरिनुपर्छ ।
झन् आजको दिनमा त विश्वभरीका नर्सहरु नर्सहरु कोरोना संक्रमणको जोखिमको पर्वाह नगरी अग्रपंक्तिमा खटिएर कोरोना संक्रमण निर्मुल बनाउन प्रयासरत छन् । यस्तो अवस्थामा नर्सहरुप्रतिको आदरभाव, सम्मान अझ बढेको छ ।
दिवसको अवसरमा विगतका वर्षहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना हुने गर्दथ्यो । तर कोरोना महामारीको अवस्थामा मानिसहरु भौतिक रुपमा भेला हुन नसक्ने समयमा कुनै औपचारीक कार्यक्रमको आयोजना हुन सकेको छैन ।
तर कोरोनाविरुद्ध विभिन्न सचेतनामूलक सन्देश दिँदै भर्च्युअल रुपमा नर्स दिवस मनाईँदैछ । दिवसको अवसरमा भर्च्युअल विभिन्न संघसंस्थाले भर्च्युअल कार्यक्रमको पनि आयोजना गरेको छ भने विभिन्न सामाजिक संजालमा सचेतनामूकलक सामग्रीहरु शेयर गरिँदैछ ।
शारीरिक मात्र नभई मानसिक रुपमासमेत खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।
अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ का दिन विश्वभर विश्व नर्स दिवस मनाउने गरिएको हो ।
आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिएको हो । ‘लेडी विद् दि ल्याम्प’को उपनामले समेत चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म सन् १८२० मे १२ तारीखका दिन ब्रिटेनमा भएको थियो ।
यूरोपमा क्रिमेन यूद्ध चलिरहँदा उनी टुकी बालेर घाईते सैनिकहरुको उपचारका लागि पुग्ने गर्थिन । टुकी बालेर उपचारको लागि आउन भएकोले नै सैनिकहरुले उनलाई लेडी विथ ए ल्याम्प नाम दिएका हुन् ।
उनलाई संसारकै पहिलो नर्सको रुपमा लिइन्छ ।
नाइटिङ्गेलले सन् १८६० मा लण्डनमा नर्सिंङ कलेजको संचालन गरेकी थिइन् । गैरनाफामुलक नर्सिङ कलेजको रुपमा यो अझसम्म संचालनमा छ ।
Categorized in समाज