arin enterprises

रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा गरिने

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ बैशाख २९, बुधबार

नेपालकै लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथयात्र यस वर्ष प्रतीकात्मक रुपमा सम्पन्न गरिने भएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई प्रतीकात्मक रुपमा तानेर रथयात्रा सम्पन्न गरिने भएको हो ।

आज बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दैै न्यून संख्यामा मात्र उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा जेठ १ गत रथ तान्ने निर्णय भएको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकले जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी सुरक्षा घेराभित्र रथयात्रालाई अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्न सबै सुरक्षा निकायहरुले समन्वयात्मक कार्य गर्ने निर्णय भएको पनि जानकारी दिईएको छ ।

गत वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रामा लामो समय अन्यौल रहँदा भएको विवादले उग्र रुप लिँदा झडप समेत हुन पुगेको थियो ।

Categorized in संस्कृति