arin enterprises

एट्लेटिको म्याड्रिड उपाधि नजिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३०, बिहिबार

एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो ।

खेलको १६ मिनेटमा सोसिडाडविरुद्ध एट्लेटिकोका यानिक कारास्कोले पहिलो गोल गरे । २८ मिनेटमा एन्जेल कोरिआले एट्लेटिकोको अग्रता दोब्बर पारे ।

त्यस्तै सोसिडाडका लागि इगोर जुबेल्डियाले ८३ मिनेटमा सान्त्वना गोल गरे ।

एट्लेटिको २०१४ पछि उपाधि नजिक पुगेको हो । उसले ११औं स्थानको ओसासुनासँग आगामी आइतबार र १६ मेमा रियल भालडोलिडसँग खेल्दैछ ।

एट्लेटिकोले बाँकी रहेका यो दुवै खेल जिते ११औं पटक ला लिगाको उपाधि जित्नेछ ।

यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिकोले चार अंकको अग्रता लिएको छ । उसले ३६ खेलबाट ८० अंक जोडेको छ ।

यस्तै बार्सिलोना ३६ खेलबाट ७६ अंक जोड्दै दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियल म्याड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ ।

 

 

Categorized in स्पाेर्ट्स