क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३०, बिहिबार

क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए युभेन्ट्स क्लबका लागि कीर्तिमान बनाएका छन् ।
रोनाल्डोले युभेन्ट्सका लागि सर्वाधिक छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएको हो ।
बुधबार राति सासोउलोविरुद्ध युभेन्ट्सले ३–१ गोलको जित हात पारेको थियो । उक्त खेलमा रोनाल्डोले एक गोल गर्दै युभेन्ट्सका लागि १०० गोल पूरा गरेका हो ।
रोनाल्डोले तेस्रो सिजनमै सय गोल पूरा गरेका हुन् । रोनाल्डोले १ सय ३१ खेलमा एक सय गोल पूरा गरेका छन् ।
रोनाल्डोले युभेन्ट्सका लागि २०१८–१९ सिजनमा २८ गोल, २०१९–२० सिजनमा ३७ गोल र जारी सिजनमा ३५ गोल गरेका छन् । यसअघि ओमार सेभोरी र रोबर्टो बाजियोले पाँच सिजनमा सय गोल पूरा गरेका थिए ।
यस्तै रोनाल्डो तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड, स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्दा पनि १०० गोल गरेका थिए भने पोर्चुगलका लागि पनि १०० गोल गरिसकेका छन् ।
Categorized in स्पाेर्ट्स