आर्सनलद्वारा चेल्सी पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३०, बिहिबार

इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई आर्सनलले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीमाथि १–० गोलको जित निकालेको हो ।
आर्सनलको लागि स्मिथ रोवीले १६ मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले पिएरे एम्रिक औबामियाङको पासलाई सदुपयोग गरेका थिए ।
यो जितसँगै आर्सनल लिगको आठौं स्थानमा उक्लिएको छ । उसले ३६ खेलमा ५५ अंक जोडेको छ ।
चेल्सी ६४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । तीन खेलअघि नै च्याम्पियन बनेको म्यानचेस्टर सिटीले ३५ खेलबाट ८० अंक जोडेको छ।
Categorized in स्पाेर्ट्स
