पीएसजी फ्रेन्च कपको फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३०, बिहिबार

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनलमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट र ३० मिनेट अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पीएसजीको लागि दुवै गोल केलियन एमबाप्पेले गरे । उनले १० औं मिनेटमा पहिलो गोल गर्दा ५० औं मिनेटमा दास्रो गोल गरे ।
यस्तै मोन्टपेलियरको लागि ४५ औं मिनेटमा लाबोर्डेले र ८३ औं मिनेटमा एन्डीले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।
पेनाल्टीमा पीएसजीका एन्जल डी मारिया, नेयमार,जुलियन, लिन्ड्रो डानिल, मार्क्विवन्होस,र मोइस किनले गोल गरे । मोन्टपेलियरका तेजी,एन्डी डोलेर्ट,स्टेफी,मिहाइलो,लाबोर्डेले गोल गर्दा जुनियर साम्बिया गोल गर्न चुकेका थिए ।
अब पीएसजीले फाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल भने मे १९ मा हुनेछ ।
Categorized in स्पाेर्ट्स