arin enterprises

उपत्यकामा ८१ दशमलव ८७ प्रतिशत निको

SamacharDesk – बिकाश | २०७८ बैशाख ३०, बिहिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ ३ हजार ५६२ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा हालसम्म कोभिड १९ बाट कुल एक लाख ८८ हजार ४२८ जना संक्रमित भइसकेका छन् ।

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ६६६ रहेको छ । ४० हजार ८२३ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ८४३ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

आइसीयूमा रहेका २०५ जनामध्ये ९२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

उपत्यकामा पछिल्लो पटक २ हजार ७२६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । उपत्यकामा संक्रमण निको हुनेको कुल संख्या एक लाख ५४ हजार २८२ रहेको छ । उपत्यकामा कोभिड संक्रमण निको हुनेको दर ८१ दशमलव ८७ प्रतिशत रहेको छ ।

उपत्यकामा थप ६७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो पटक काठमाडौंमा ४७ जना, ललितपुरमा १२ र भक्तपुरमा ८ जनाको मृत्यु भएको हो ।

हालसम्म उपत्यकामा एक हजार ४८० जनाको मृत्यु भइसकेको छ । 

Categorized in समाज