डर्टमुन्डले जित्यो जर्मन कपको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३१, शुक्रबार

बोरुसिया डर्टमुन्डले जर्मन कप (डीएफबी पोकल) को उपाधि जितेको छ ।
बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४–१ गोल अन्तरले पराजित गर्दै डर्टमुन्ड च्याम्पियन बनेको हो ।
डर्टमुन्डलाई उपाधि दिलाउन खेलका ५ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । २८ औं मिनेटमा अर्लिग हालाण्डले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा सान्चोले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० को बनाए ।
७१ औं मिनेटमा डानिलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए ।
तर, खेलको ८७ औं मिनेटमा हालाण्डले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डको लागि चौथो गोल गर्दै ४–१ को जित दिलाए ।
यससँगै डर्टमुन्डले पाँचौ पटक जर्मन कपको उपाधि जित्न सफल भएको छ ।
Categorized in स्पाेर्ट्स