arin enterprises

टोरेसको ह्याट्रिकमा सिटीको संघर्षपूर्ण जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १, शनिबार

 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा सिटीले न्युकासललाई ४–३ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो ।

फेरान टोरेसले ह्याट्रिक गरेपछि खेलमा सिटिको पुनरागमन भएको हो । उनले सिटिको लागि ३ गोल गरे । 

खेलको २५ औं मिनेटमा इमिल क्रापथले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । जोआ कान्सेलोले ३९ औं मिनेटमा गोल फर्काउँदै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए ।

४२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा जोलिन्टनले गोल गर्दै न्युकासललाई २–२ को बराबरीमा फर्काए ।

जोसेप विललकले ६२ औं मिनेटमा गोल गर्दै न्युकासललाई ३–२ को अग्रता दिलाए । ६४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि ६६ औं मिनेटमा टोरेसले व्यक्तिगत तेस्रो गोल र सिटिको लागि चौथो गोल गर्दै ४–३ को नतिजाले जित दिलाए ।

यो जितसँगै च्याम्पियन बनिसकेको सिटीले ३६ खेलमा ८३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स