arin enterprises

टी–२० विश्वकपमा २० टिमलाई सहभागी गराउने तयारी

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १, शनिबार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी थालेको छ ।

आइसिसीले टी–२०को ढाँचा क्रिकेटको विकास गराउन सकिने विश्लेषण गर्दै विश्वकपमा सहभागी संख्या बढाउने प्रस्ताव अघि सारेको हो ।

आइसिसीले सन् २०२४ को टी–२० विश्वकप देखि २० टिमलाई सहभागी गराउने विषयमा छलफल अघि बढाएको छ । तर हाल दुई संस्करणको टी–२० विश्वकपमा भने १६ टिमबीच नै प्रतिस्पर्धा हुनेछ । 

सन् २०२१ को टी–२० कोरोना भाइरसका कारण भारतमा हुने तय विश्वकप अनिश्चित बनेको अवस्था छ । २०२२ को अस्ट्रेलियामा हुने टी–२० विश्वकप भने तय छ ।

२०२४ देखि २० टिमलाई सहभागी गराउँदा चार समूहमा पाँच–पाँच टिम राख्ने प्रस्ताव गरिएको छ ।

एकदिवसीय विश्वकपमा पनि अब १४ टिमबीच प्रतिस्पर्धा गराउने पनि प्रस्ताव छ । तर सन् २०२३ को एकदिवसीय विश्वकपमा १० टिमबीच मात्र प्रतिस्पर्धा हुने तय छ ।

यस्तै आइसिसीले महिला प्रतिस्पर्धालाई पनि अझ बढाउने प्रस्ताव गरेको छ ।

साथै आइसिसीले ओलम्पिकमा पनि टी–१० को ढाँचामा प्रतिस्पर्धा गराउने विषयमा छलफल भइरहेको छ।

 

 

 

Categorized in स्पाेर्ट्स