उपत्यकामा २९३७ संक्रमित थप, ३०४८ निको
SamacharDesk – बिकाश | २०७८ जेठ १, शनिबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का २ हजार ९३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २ हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो पटक देशैभरीमा थप हुने नयाँ संक्रमितमध्ये करीब ३७ प्रतिशत उपत्यकाबाट रहेका छन् । हालसम्म काठमाडौं उपत्यकामा २ लाख ४ हजार ७१४ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।
हाल उपत्यकामा ४२ हजार २२५ जना सक्रिय संक्रमित उपचाररत छन् । ४० हजार २८८ जना होम आइसोलेसनमा छन् भने एक हजार ९३७ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् । आइसीयूमा रहेका १८० जनामध्ये १०१ जना भेन्टिलेटरमा छन् ।
त्यसैगरी उपत्यकामा गएको २४ घण्टामा ३ हजार ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म एक लाख ६० हजार ८७४ जना संक्रमित निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा ७६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंमा ५४, ललितपुरमा १४ र भक्तपुरमा ८ जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा हालसम्म एक हजार ६१५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
Categorized in समाज