arin enterprises

१३७ वर्षे पछि पहिलो पटक लेष्टर सिटि एफए कप च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २, आइतबार

लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।

लेष्टरले क्लब स्थापनाको १ सय ३७ वर्षेको इतिहासमा पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।

लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले  ६३ औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गर्दा भीएआर प्रविधिमा अफसाइड देखिएपछि उनको गोल मान्य भएन ।

यो हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ । 

Categorized in स्पाेर्ट्स