राष्ट्रिय युवा संघ १५ वडाबाट राहत बाँडिने
SamacharDesk – बिराज | २०७८ जेठ २, आइतबार

अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको अवस्था छ ।
नेपालमा नयाँ भेरिएन्टको कोरोना भाईरस संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण नियन्त्रणका लागि गत चैत्र १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएका निषेधाज्ञा हाल पनि जारी नै छ ।
निषेधाज्ञासँगै हाल आएर संक्रमणको दरमा कमी देखिन थालेपनि व्यापार व्यवसाय अथवा आम्दानीको श्रोत बन्द गरेर बस्न वाध्य आम नागरिकलाई भने हातमुख जोड्न समस्या पनि हुन थालेको देखिन्छ ।
यसै क्रममा महामारीको दुःख भोगेर बस्नुपरेको अवस्थामा कोही पनि भोकै बस्न नपरोस् भन्दै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले राहत वितरण शुरु गर्न लागेको छ ।
यस्तो विषम परस्थितिमा भोकले कोही बस्न नपरोस् भन्दै कमिटीले राहत सहयोगको लगि आह्वान गरेको छ ।
कमिटीले सहयोगको लागि आह्वान गरेलगत्तै आज सितापाइला निवासी राम महर्जनबाट ५ बोरा चामल सहयोग प्राप्त भएको वडा कमिटीले जानकारी दिएको छ ।
Categorized in समाज