arin enterprises

विश्व उच्च रक्तचाप दिवस मनाईँदै

SamacharDesk – बिराज | २०७८ जेठ ३, सोमबार

आज मे महिनाको ७ तारीख । विश्वभरी रक्तचाप सम्वन्धि सन्देश दिँदै विश्वर उच्च रक्तचाप नियन्त्रण दिवस मनाईँदैछ ।

आजको दिन विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना हुने गरिएतापनि यस वर्ष कोरोना महामारीको अवस्थामा नेपालमा भने भौतिक उपस्थितीका बीच कुनै कार्यक्रम आयोजना हुन सकेन ।

केही संघसंस्थाहरुले भने भर्च्युअल कार्यक्रमको आयोजना गरेका छन् ।

यद्यपि संक्रमण दर कम रहेका देशहरुमा भने विभिन्न कार्यक्रमहरु गरिँदैछ ।

पछिल्लो समय विश्वभर नै उच्च रक्तचापका बिरामीहरु बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार उच्च रक्तचापका कारणबाट करिव ९० लाख बढिको मृत्यु हुने गरेको छ ।

१८ वर्ष वा सो भन्दा माथिका व्यक्तिमा रक्तचाप सिस्टेलीक ब्लड प्रेसर १४० र डाइस्टेलीक ९० वा सो भन्दामाथिको अवस्थालाई उच्च रक्तचाप भनिने चिकित्सकहरु बताउँछन् ।

रक्तचापको समस्याबाट जोगिन नियमित शारीरिक व्यायम गर्नुको साथै नियमित खानपानमा ध्यान दिनका लागि चिकित्सकहरु सुझाउँछन् ।

पछिल्लो समय व्यस्त जीवन शैलीमा असन्तुलित खानपान र प्रविधिको विकाससँगै शारिरीक परिश्रममा कमी आउनाले रक्तचापको समस्या बढेको देखिन्छ ।

समयमै औषधी सेवन गरी शारिरीक व्यायाम र दैनिक खानपानमा ध्यान पुर्‍याउन सकिए रक्तचापका विरामीले पनि स्वस्थ्य व्यक्ति सरह नै जीवन निर्वाह गर्न सकिने चिकित्सकहरुको भनाई छ ।

Categorized in समाज