arin enterprises

प्रहरीबाट थप २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

SamacharDesk – बिकाश | २०७८ जेठ ५, बुधबार

नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । प्रहरीले १६८ भरिएका र ६३ खाली सिलिन्डरहरु संकलन गरेको हो ।

प्रहरीले यसअघि स्टक रहेका १४१ वा सिलिण्डरसमेत गरी जम्मा ३७२ वटा सिलिन्डरमध्ये मंगलबार ३४१ सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको जनाएको छ ।

बाँकी ३१ वटा सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने बताइएको छ ।

नेपाल प्रहरीले गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार १४० वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि सिलिण्डर स्टक नगर्न र विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर भएमा त्यस्ता सिलिन्डरहरू उपलब्ध गराईदिन नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

Categorized in समाज