कालिमाटीमा गरिएको एन्टिजेन परिक्षणमा १२ जना पोजेटिभ
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ ५, बुधबार

आज विहान कालीमाटी तरकारी बजारमा ४०२ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा १२ जनामा पोजेटिभ देखिएको छ ।
परीक्षणबाट पोजेटिभ देखिएकाहरुमध्ये अस्पताल भर्ना हुनुपर्ने विरामी कोही नभएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पोजेटिभ देखिएका सबैलाई परामर्श दिएर हामे आइसोलेसनमा बस्न भनी पठाइएको पनि उहाँले बताउनुभयो ।
कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु गरिएको हो ।
कोभिडको संक्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् ।
भोलि जडीबुटीस्थित तरकारी बजारमा परीक्षण गर्ने कार्यक्रम रहेपनि अहिले बजार बन्द भएको अवस्थमा भोलि टुकुचा तरकारी बजारमा परीक्षण गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च संक्रमण भएका ठाउँमा परीक्षण गरिएको हो ।
Categorized in समाज