arin enterprises

उडानको टिकेटिङ्गमा अनियमितता नभएको मन्त्रालयको दावी

SamacharDesk – बिराज | २०७८ जेठ ६, बिहिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न उडानसँग सम्वन्धित टिकेटिङ्गमा अनियमिता भएको भनी सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ ।

मन्त्रालयले विज्ञप्ती जारी गर्दै टिकेटिङ्गको अनियमितता भएको भनी सञ्चारमाध्यममा प्रकाशित समाचारलाई तथ्यहीन र भ्रमपूर्ण भनेको हो ।

अन्तर्राष्ट्रिय उडान स्थगन भएको अवस्थामा विदेशी नागरिकलाई आफ्नो मूलुक वा गन्तव्यमा पुर्‍याउन सम्वन्धित दुतावासबाट अनुरोध भए अनुसार मन्त्रालयबाट सहजीकरण मात्र भएको विज्ञप्तीमा जनाइएको छ ।

मन्त्रालयका सहसचिव साथै मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीबाट हस्ताक्षरित विज्ञप्तीमा टिकेटिङ्गमा अनियमितता भएको जानकारी भए मन्त्रालय अथवा नेपाल नागरिक उड्डयन प्राधिकरणको ईमेल ठेगानामा खबर गर्न भनिएको छ ।

टिकेटिङ्गमा अनियमितता गर्ने व्यक्ति वा संस्थाको जानकारी प्रमाणसहित उपलब्ध गराइएमा नियमानुसार कारबाहीको प्रकृया अगाडी बढाइने प्रतिवद्धतासमेत विज्ञप्तीमा जनाइएको छ । 

Categorized in समाज