युभेन्ट्स कोपा ईटालिया च्याम्पियन
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ६, बिहिबार

युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ ।
बुधबार राति उपाधि भिडन्तमा एटलान्टालाई २–१ ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हात पारेको हो ।
खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । ४१ औं मिनेटमा रुस्लान मालिनोवस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।
यस्तै ८८ औं मिनेटमा रफाइल टालोई रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।
यो सहित युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक जितेकोे हो भने प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सको पहिलो उपाधि हो ।
यो फाइनल खेलमा ४३ सय दर्शकलाई रंगशालामा प्रवेश गराइएको थियो। कोरोना भाइरसपछि इटालीमा दर्शकको उपस्थितिमा खेलाइएको यो अहिलेसम्मकै ठूलो खेल हो ।
Categorized in स्पाेर्ट्स