उपत्यकामा ८४ प्रतिशत संक्रमित निको
SamacharDesk – बिकाश | २०७८ जेठ ७, शुक्रबार

उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४४७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार ७५२, ललितपुरमा ४ सय र भक्तपुरमा २९५ जना नयाँ संक्रमित थप भएको हो ।
उपत्यकामा हालसम्म २ लाख २१ हजार २२१ जनामा कोभिड संक्रमण भइसकेको छ ।
उपत्यकाका कुल संक्रमितमध्ये ८४ दशमलव ०९ प्रतिशत संक्रमणमुक्त पनि भइसकेका छन् । हालसम्म एक लाख ८५ हजार ३०७ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो पटक ४ हजार ५३५ संक्रमित संक्रमणमुक्त भएका छन् ।
उपत्यकामा हाल ३३ हजार ९१३ सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा उपचाररतमध्ये जनरल/एचडियूमा एक हजार ८१६ जना उपचाररत छन् भने आइसीयूमा रहेका ४८३ मध्ये १९७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
उपत्यकामा कोभिड संक्रमणका कारण मृत्यु हुनेमा पछिल्लो पटक ६६ जना थपिएका छन् । तीमध्ये काठमाडौंमा ४१, ललितपुरमा १६ र भक्तपुरमा ९ जना रहेका छन् । योसँगै उपत्यकाका कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
हालसम्म २ हजार एक जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in समाज