arin enterprises

स्वीट्जरल्याण्डबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

SamacharDesk – बिराज | २०७८ जेठ ८, शनिबार

विश्वभरी कोभिड १९ महामारी फैलिएसँगै यसलाई नियन्त्रणमा लिन अन्तरदेशीय सहयोग पनि बढेको छ । नेपालमा पनि विभिन्न देशबाट विभिन्न स्वास्थ्य उपकरणलगायतका आवश्यक सामग्रीहरुको सहयोग प्राप्त भइरहेका छन् ।

यसै क्रममा पछिल्लो समय नेपालका लागि स्वीट्जरल्याण्डबाट विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।

नेपालका लागि स्वीट्जरल्याण्डकी राजदुत एलिजाबेथ भोन क्यापलेरले उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मन्त्री त्रिपाठीले नेपाल महामारीको जटिल अवस्थामा पुगेको बेला स्वीट्जरल्याण्डबाट प्राप्त सहयोगले ठुलो आड मिलेको बताउनुभयो ।

स्वीट्जरल्याण्डले नेपाललाई एन्टिजेन टेस्ट किट ११ लाख थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, अक्सिजन नेजल क्यानुला एक हजार थान, भेन्टिलेटर ४० थान, के.एन. ९५ मास्क एक लाख १० हजार थान, ग्लोब्स ५० हजार थान, पिपिई १५ हजार थान, मास्क फर हमिल्टन T1 १२० थान र सर्किट भल्ब फर हमिल्टन T1 १४० थान सहयोग प्रदान गरेको हो ।

Categorized in समाज